पोखरा स्पोर्ट्स अवार्डको लागि मनोनयन सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन सार्वजनिक गरिएको छ । पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर मञ्चले चार विधामा मनोनयनमा पर्न सफल भएका तीन–तीन जना खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो ।
वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी, आर्चरीका गङ्गाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का रहनु भएको छ । केसी बागलुङ, कुँवर तनहुँ र खड्का कास्की जिल्ला स्थायी ठेगाना भएका खेलाडी हुनुहुन्छ । वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजिना थापा मगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् । रोजिना र सुस्मिता बागलुङका हुन् भने सावित्रा लमजुङ जिल्लाकी हुन् ।
वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् । उदीयमान खेलाडीतर्फ भलिबलका रवि केसी, फुटबलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी रहेका छन् । केसी र भण्डारी बागलुङका हुन् भने श्रेष्ठ कास्कीका हुन् ।

वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् । किशोर स्याङ्जाका हुन् भने निरज र सुरज कास्कीका हुन् ।
मञ्चले प्रदान गर्ने कुल ७ विधा मध्ये बाँकी विधाहरू लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा आगामी दिनमा सार्वजनिक गरिने महासचिव राजाराम पौडेलले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्