तपाईँ सुन्दै हुनुहुन्छः

मनमोहन स्मृति दिवसमा विशेष कार्यक्रम आयोजना

काठमाडौं । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको  २४ औँ स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज  विशेष कार्यक्रम आयोजना गरेको छ । 

मनमोहन स्मृति प्रतिष्ठानले ललितपुरको सानेपामा आयोजना गरिएको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले अधिकारीको शालिकमा माल्यार्पण गर्नुभयो । 

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी नेतृत्वको सरकारले सुरु गरेको वृद्धा भत्ता, आफ्नो गाउँ आफै बनाऔँ लगायतका लोकप्रिय कार्यक्रम आज सबैको साझा कार्यक्रमका रुपमा स्थापित भएको  बताउनुभयो । मनमोहन अधिकारी नेतृत्वको ९ महिने सरकारले वृद्ध भत्ता वितरण जस्तो लोकप्रिय कार्यक्रम  सुरु गरेको थियो । 

एक सय रुपैयाँबाट त्यतिखेर अधिकारी नेतृत्वको सरकारले सुरु गरेको वृद्धा भत्ता अहिले चार हजार रुपैयाँ पुगेको छ । 

नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको पहिलो पुस्ताका  व्यक्तित्व मनमोहनको अधिकारीको जन्म १९७८ सालमा काठमाडौँमा भएको थियो ।  

 २०५६ साल  वैशाख १३ गते चुनाव प्रचार प्रसारका क्रममा उहाँको निधन भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button