तपाईँ सुन्दै हुनुहुन्छः

देशको राष्ट्रियता उच्च राख्न सबै एक हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

गोरखा । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको राष्ट्रियता उच्च राख्न सबै दलहरू एक ठाउँमा रहनुपर्ने बताउनुभएको छ ।

गोरखाको बारपाकमा भूकम्प स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘परिवर्तनकारी शक्तिहरूको बलबाट जुन परिवर्तन भयो, त्यसलाई साथ लिएर देशको अवस्था बदल्न र राष्ट्रियता उच्च राख्न काम गर्नुपर्दछ ।’

परिवर्तनकारी शक्तिहरू कसैबाट प्रभावित नहुने उहाँले बताउनुभयो । देशमा कुनै कोणबाट अराजकता ल्याउन खोज्नेहरूलाई सफल हुन दिन नहुने उहाँले बताउनुभयो ।

बारपाकले अप्ठेरो अवस्थामा पनि आफ्नो पहिचान कायम गरेको उहाँले बताउनुभयो । यस क्षेत्रको कला र संस्कृतिको जगेर्ना गरिरहनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

कार्यक्रम बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा भएको थियो । बारपाकमा आज आठौँ भूकम्प स्मृति दिवस मनाइएको हो ।

बारपाक केन्द्रबिन्दु भएर २०७२ साल वैशाख १२ गते शनिवारका दिन ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button