लुम्बिनी प्रदेश : ठूलो दलको हैसियतमा सरकार गठनका लागि एमालेको दाबी
रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेशमा ठूलो दलको हैसियतमा सरकार गठनको लागि दाबी पेस गरेको छ। एमाले संसदीय दलका नेता तथा कामचलाउ मुख्यमन्त्री लीला गिरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेस गर्नुभएको हो ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठनको दाबी पेस गरिएको हो। संविधानको धारा १६८ को २ बमोजिम बनेको सरकारले सोमबार दिउसो सदनमा बहुमत पाउन नसकेपछि गिरी नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि एमालेले ठूलो दलको हैसियतमा सरकार गठनको दाबी पेस गरेको हो।
लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय छ। जसमा एमाले २९ सांसदसहित पहिलो, कांग्रेस २७, माओवादी ११, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जसपा, लोसपा, जनमत ३/३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी १/१ तथा स्वतन्त्र १ सांसद रहेका छन्।







प्रतिक्रिया राख्नुहोस्