तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचन : चितवन २ को प्रारम्भिक मत परिणाममा एमालेको अग्रता

चितवन  । चितवन क्षेत्र नं २ को पहिलो प्रारम्भिक मत परिणामअनुसार नेकपा (एमाले)ले अग्रता लिएको छ । 

इच्छाकामना गाउँपालिका वडा नं १ को नौ सय ७१ मत गन्दा एमालेका रामप्रसाद न्यौपानेले तीन सय ६७, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले तीन सय १९ र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले दुई सय ४४ मत प्राप्त गर्नुभएको छ । 

इच्छाकामनाको अन्य वडाको मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button