उपनिर्वाचन: बारा क्षेत्र नं.२ को मतगणना सुरु

बारा । बारा क्षेत्र नं.२ को मतगणना सुरु भएको छ ।
कलैयास्थित शिक्षा तालिम केन्द्रमा दिउँसो १२ः४० बजे बाट मतगणना सुरु भएको हो ।
करैयामाई गाउँपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना थालिएको जनाइएको छ । ती पालिकाका ६÷६ वटा मतपेटिका खोलिएको छ ।
यसअघि, मत गणना स्थलमा बस्ने उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मत गणनामा ढिलाइ भएको थियो ।
आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६५ प्रतिशत मतदान भएको छ ।








प्रतिक्रिया राख्नुहोस्