तपाईँ सुन्दै हुनुहुन्छः

रोयल ब्लु सातदोबाटो र हिमालयन शेर्पाबिचको खेल बराबरीमा सम्पन्न

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा रोयल ब्लु सातदोबाटो युथ क्लब बराबरीमा रोकिएको छ ।

ललितपुरस्थित च्यासल मैदानमा आइतबार सातदोबाटोले हिमालयन शेर्पा क्लबसँग २–२ गोलको बराबरी खेलेको हो ।

खेलको पहिलो मिनेटमै दीपक राज सिंह ठकुरीले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७२ औँ मिनेटमा निशान लिम्बुले गोल गर्दै हिमालयन शेर्पालाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ८० औँ मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८३ औँ मिनेटमा सुशील राईले गोल गर्दै हिमालयनलाई २–२ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै सातदोबाटोले ११ खेलमा १८ अङ्क जोडेको छ । हिमालयनले ११ खेलमा १० अङ्क जोडेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button