तपाईँ सुन्दै हुनुहुन्छः

ओमनले मलेसियालाई आठ विकेटले हरायो

काठमाडौँ । एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा ओमनले मलेसियालाई आठ विकेटले पराजित गरेको छ । 

मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले दिएको दुई सय २८ रनको विजयी लक्ष्य पच्छ्याएको ओमनले ४१ दशमलव चार ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । 

ओमनका लागि  जितेन्दर सिंहले सर्वाधिक एक सय एक रनको योगदान दिए । उनलेएक सय ११ बलमा १३ चौका र एक छक्काको मद्दतमा अविजित उक सय एक रनको योगदान गरेका हुन । 

त्यस्तै कस्यप प्रजापतिले ६६ रन जोडे भने जिसन मक्सुदले ५२ रन बनाए । बलिङतर्फ मलेसियाका मुहम्मद अमिरले दुई विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २७ रन बनाएको थियो । 

मलेसियाका लागि विरनदीप सिंहले सर्वाधिक ९४ रनको योगदान दिएका थिए भने मुहम्मद स्याहदातले ५५ रन बनाए । बलिङतर्फ ओमनका जिसन मक्सुदले चार विकेट लिए भने आयन खान र विलल खानले समान दुई/दुई विकेट लिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button