लामोसाँघुमा सिन्धुपाल्चोक जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने
सिन्धुपाल्चोक । लामोसाँघुमा सिन्धुपाल्चोक जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । बलेफी गाउँपालिका वडा नम्बर ८ मा रहेको फुटसल खेल मैदानमा आगामी वैशाख २२ देखि लामोसाँघु युवा क्लबको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता हुने भएको हो ।
लामोसाँघु युवा क्लब र स्थानीय पालिकाहरूसँगको सहकार्यमा हुन गइरहेको प्रतियोगितामा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहका टिमको सहभागिता रहने लामोसाँघु युवा क्लबका अध्यक्ष चरिबहादुर तामाङले जानकारी दिनुभयो ।
प्रतियोगितामा टिम दर्ताका लागि १५ गतेसम्मको समय तोकिएको छ । अध्यक्ष तामाङका अनुसार भलिबल खेलाडीहरूको मनोबल उच्च बनाउन प्रतियोगिताको आयोजना गरिएको हो ।
उहाँका अनुसार प्रथम हुनेले नगद एक लाख पुरस्कार प्राप्त गर्नेछ । द्वितीय हुनेले नगद ७० हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै तृतीय हुनेले नगद ४० हजार र सान्त्वना हुनेले नगद १५ हजार रुपैयाँ सहित सिल्ड र मेडल प्राप्त गर्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्