तपाईँ सुन्दै हुनुहुन्छः

तुइनबाट महाकाली नदीमा खसेर एक पुरुष बेपत्ता

दार्चुला । दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक पुरुष बेपत्ता हुनुभएको छ ।

व्यासमा गाउँपालिका–२ तल्ला दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएको वडाध्यक्ष धिरेन सिंह बुढाथोकीले जानकारी दिनुभयो ।

दिउँसो साँढे १ बजेतिर नेपालबाट भारत जाने क्रममा तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर भण्डारी बेपत्ता हुनुभएको बुढाथोकीले बताउनुभयो । भण्डारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button