अनुसन्धान केन्द्रद्वारा किसानहरूलाई जुट बीउ वितरण
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका किसानलाई पटुवा (जुट) बीउ उपलब्ध गराइएको छ । किसानलाई जुटमा आकर्षण गर्नका लागि जुट अनुसन्धान केन्द्र इटहरीले जुटको बीउ उपलब्ध गराएको हो ।

भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १, २ र ७ का किसानलाई प्रति किसान पाँच सय ग्रामका दरले बीउ निःशुल्क प्रदान गरिएको जनाइएको छ ।
किसानहरूलाई खेतमा प्राविधिक सहयोग तथा अनुगमनसहित अनुदान दिने गरी जुट खेतीका लागि बीउ उपलब्ध गराइएको संस्थाका अध्यक्ष रुद्र नारायण साहले जानकारी दिनुभयो ।
६० जना किसानलाई ५ सय ग्रामका दरले बीउ निःशुल्क प्रदान गरेको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्