राष्ट्रपति पौडेललाई एम्बुलेन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगियाे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भारत लैजान शिक्षण अस्पताल महाराजगन्जबाट एम्बुलेन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ ।
राष्ट्रपति पौडेललाई श्री एयरलाइन्सको विमानमार्फत केहीबेरमा नयाँ दिल्ली लैजान लागिएको हो ।
लामो समय औषधि सेवन गर्दा पनि छातीको संक्रमण कम नभएकाले थप उपचारको लागि राष्ट्रपति पौडेललाई भारत लैजान लागिएकाे हाे ।
सोमबार फलोअपका लागि अस्पताल पुगेर फर्किनु भएका पौडलकाे फेरि छातीमा समस्या देखिएपछि मंगलबार अस्ताल भर्ना हुनुभएकाे थियाे । चिकित्सकहरुले थप परिक्षण र उपचारका लागि भारत लैजान सुझाव दिएसँगै राष्ट्रपति पौडेललाई आजै नयाँ दिल्ली लैजान लागिएको हो ।








प्रतिक्रिया राख्नुहोस्