वनमा लागेको डढेलो बस्तीमा सल्किँदा मकवानपुरमा दुई घर जले
मकवानपुर । मकवानपुरमा वनमा लागेको आगो (डढेलो) बस्तीमा सल्किँदा दुई घर जलेर नष्ट भएको छ । मकवानपुरको बकैया गाउँपालिका–६ ठुलो ज्यामिरे स्थित बनमा लागेको आगो अकस्मात् बस्तीमा पस्दा दुई वटा घर जलेर पूर्ण रूपमा नष्ट भएको हो ।
आगलागीबाट बकैया–६ ठुलो ज्यामिरे बस्ने दुर्गा माया भोलनको घर, गोठमा जलेर पूर्ण रुपमा नष्ट भएको छ । भने, ७ वटा बाख्रा, १२ वटा कुखुरा समेत जलेको प्रहरीले जनाएको छ । आगलागी बाट अन्नपात, लत्ता कपडा, भाडा बर्तन, घर, गोठ, काठ, नगद, पुरानो सिक्का लगायत गरी ७ लाख ५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताउनुभयो ।
यसैगरी स्थानीय लाल बहादुर लोको खरले छाएको काठले बनेको घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट उहाँको घरमा भएको अन्नपात, भाडा समेत गरी २ लाख रुपैयाँ बराबरको क्षति भएको कार्कीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्