समसामयिक विषयहरूमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सभामा बोल्ने सांसदहरुले अनुमानभन्दा कम राजश्व सङ्कलन हुँदा मुलुकको पुँजीगत खर्चमा प्रभाव पर्ने देखिएकोले यस आर्थिक वर्षको बजेट परम्परागत ढाँचामा भन्दा समयानुकूल परिमार्जन गर्दै बजेटको निर्माण गर्न सरकारलाई सुझाव राख्नुभयो ।
सांसदहरुले मिटर ब्याज पीडितहरूमाथि भएको आक्रमण, सामाजिक सञ्जालबाटै दलितहरूमाथि हुने विभेद प्रति सरकार गम्भीर नभएको र सुकुम्बासीका समस्या समाधान हुन नसकेको विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
अनाधिकृत बस्ती हटाउने र फोहोरमैला व्यवस्थापनको सम्बन्धमा तीनै तहका सरकारको समन्वय हुन आवश्यक रहेको पनि सांसदहरुले औँल्याउनुभएको छ ।
सभामा सांसदहरुले बोल्ने क्रम जारी छ ।








प्रतिक्रिया राख्नुहोस्