तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु 

दाङ  ।  दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले दुवै मृतकको सनाखत हुन बाँकी रहेको बताउनुभयो । 

तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत आज बिहान साढे ११ बजेतिर घोराहीबाट–तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका वडा नं. १० स्थित खैरा चोकमा ठक्कर दिएको थियो । 

दुर्घटनाका घाइतेमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको र अर्का घाइतेलाई घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठान पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको डिएसपी गौतमले बताउनुभयो । 

स्थानीयका अनुसार मोटरसाइकल गाउँबाट खैराचोकमा आउँदै थियो भने ट्रक नारायणपुरबाट तुलसीपुरतर्फ जाँदै थियो। दुवै सवारी तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button