सर्लाहीमा स्थानीय सरकारको बेरुजु रकम १ अर्ब माथि, सबैभन्दा बढी बेरुजु बरहथवामा

सर्लाही । सर्लाहीमा स्थानीय सरकारको बेरुजु रकम १ अर्ब माथि पुगेको छ । आर्थिक बर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन अनुसार १ आर्थिक वर्षमा मात्र सर्लाहीका पालिकाहरूको बेरुजु रकम १ अर्ब २८ करोड २८ लाख ५८ हजार रहेको छ । जस मध्ये सबै भन्दा बढी बरहथवा नगरपालिकामा र सबैभन्दा कम विष्णु गाउँपालिकामा बेरुजु रकम रहेको छ । बरहथवा नगरपालिकाको बेरुजु १५ करोड ६९ लाख १७ हजार माथि रहेको छ भने बिष्णु गाउँपालिकाको बेरुजु रकम २ करोड ४४ लाख ६ हजार रहेको छ ।
यसैगरी लालबन्दी नगरपालिकाको २ करोड ७० लाख ८३ हजार, गोडैता नगरपालिकाको १० करोड २ लाख २३ हजार, हरिपुर नगरपालिकाको ९ करोड ४८ लाख ९ हजार, धनकौल गाउँपालिकाको ४ करोड ७२ लाख ९७ हजार, ब्रहमपुरी गाउँपालिकाको २ करोड ६३ लाख २० हजार, बलरा नगरपालिकाको ६ करोड ७२ लाख ४८ हजार, ईश्वरपुर नगरपालिकाको ४ करोड ५२ लाख ५४ हजार, कविलासी नगरपालिकाको ६ करोड ७८ लाख ४७ हजार, बसवरिया गाउँपालिकाको ७ करोड ६० लाख २० हजार बढी बेरुजु रकम रहेको छ ।
त्यस्तै चन्द्रनगर गाउँपालिकाको ५ करोड ७५ लाख ६९ हजार ,रामनगर गाउँपालिकाको बेरुजु रकम ९ करोड १४ लाख ६९ हजार,हरिवन नगरपालिकाको ३ करोड ८३ लाख ९६ हजार, चक्रघटा गाउँपालिकाको ६ करोड २६ लाख ५६ हजार, मलंगवा नगरपालिकाकाको २ करोड ६९ लाख ८७ हजार, पर्सा गाउँपालिकाको ९ करोड २१ लाख ७३ हजार, हरिपुर्बा नगरपालिकाको ४ करोड ८८ लाख ६६ हजार, बागमती नगरपालिकाको ५ करोड ५४ लाख ६५ हजार, कौडेना गाउँपालिकाको ५ करोड ९३ लाख ७३ हजार बेरुजु रकम पुगेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्