तपाईँ सुन्दै हुनुहुन्छः

‘तनहुँवासीको गौरवलाई जीवन्त राख्ने जिम्मेवारी पूरा गर्छौँ’

लमजुङ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रको संरक्षक गौरवलाई जीवन्त कायम राख्ने जिम्मेवारी तनहुँवासीमा आएको बताउनुभएको छ । तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले देशी, विदेशी निकाय लोकतन्त्रलाई हराउने प्रयासमा रहेकाले सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

लोकतान्त्रिक पद्धतिको उपयोग गरी देशको विकास र लोकतन्त्रको संरक्षण गर्ने प्रतिबद्धता रहेको उहाँले बताउनुभयो । “तनहुँवासी अहिले भ्रममा परेर अलमलिने समय होइन, एक पटकको गल्तीले वर्षौँको विकास निर्माणलाई प्रभावित बनाउँछ”, उपसभापति गुरुङले भन्नुभयो, “दोधार नभएर सुन र पित्तल चिन्नुपर्छ ।” उहाँले दोधार नभई लोकतन्त्रको संरक्षण गर्ने व्यक्तिको छनोट गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले लोकतान्त्रिक पद्धतिले मात्रै परिवर्तन सम्भव रहेको बताउनुभयो । तनहुँ लोकतन्त्र संवर्द्धन तथा विकास समाजद्वारा दमौलीमा आयोजित ‘तनहुँको समुन्नत विकास र आसन्न उपनिर्वाचन’ विषयक अन्तरक्रियामा उहाँले लोकतान्त्रिक व्यवस्थाले मात्रै स्वतन्त्रता कायम गरेकाले परिवर्तन हुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button