चण्डी देउराली क्लबको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न
शुक्लागण्डकी । चण्डी देउराली क्लबको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलाडी’ भन्ने नाराका साथ ४ दिनसम्म चलेको खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

नव वर्ष मेला तथा साबिक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रममा उपाधि शुक्लागण्डकी –१२, बाबिया डाँडा तनहुँ प्रथम भएको छ भने चण्डी देउराली क्लब आयोजक टिम द्धितिय र आराधना क्लब खुदी खोला तृतीय र शुक्लागण्डकी २ सान्त्वना भए ।
चण्डकी देउराली खेल मैदानमा भएको फाइनल खेलमा सोझो सेटमा आयोजक टिमलाई पराजित गर्दै बाबिया डाँडा क्लबले उपाधि जितेको हो ।








प्रतिक्रिया राख्नुहोस्