झोतामा बिसु मेला
बझाङ । बझाङको झोतामा यसपालि नयाँ वर्षको उपलक्ष्यमा मेला लागेको छ ।
केदारस्युँ गाउँपालिका–९ को आयोजनामा विभिन्न सांस्कृतिक र डेउडा कार्यक्रमको आयोजना गरि लोप भइरहेको विसु पर्वलाई जगेर्ना गरिन थालेको हो ।
विगतका वर्षमा राति मनाउने विसु पर्व कोरोना कहरका बेला पुर्णरुपमा मेला बन्द भएको थियो । यस वर्षबाट वडाको आयोजनामा मेलालाई जगेर्ना गर्ने उद्देश्यले स्थानीय सांस्कृतिक कार्यक्रम र डेउडा खेल राखेर मेलाको आयोजना गरेको झोताका समाजसेवी पदम धामीले बताउनुभयो । सांस्कृतिक कार्यक्रम र डेउडाको आयोजना गर्दा जिल्लाभरिका मानिसहरू यसवर्ष झोताको मेला हेर्न गएका छन् ।
वैशाख २ गते बिहानबाट औपचारिक रुपमा सुरु गरेको मेलामा सांस्कृतिक कार्यक्रममा भाग लिने कलाकार र डेउडा खेल्ने कलकारलाई प्रोत्साहन स्वरूप नगद तथा प्रमाण पत्रले सम्मान गरिने पनि आयोजकले बताएको छ । जिल्लाको बीच भागमा रहेको झोता बजारमा मेला लगाउँदा स्थानीय उत्पादनको पनि बिक्री वितरण हुने हुँदा यस मेलालाई नियमितता दिन स्थानीयहरूको जोड रहेको छ ।
लोप हुन थालेका गाउँ समाजमा रहेका परम्परागत मेला पर्व लोक संस्कृतिलाई अहिले स्थानीय सरकार आएपछि जगेर्ना गरिन थालेको छ । यसपालि नयाँ वर्ष मा पनि जिल्लाका थुर्पै गाउँ बस्तीमा आफ्नो मौलिक लोक संस्कृति अनुसार बिसु पर्व मनाएका छ ।
प्रतिक्रिया राख्नुहोस्