तपाईँ सुन्दै हुनुहुन्छः

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ।

सय वर्षीया उहाँको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको हो । श्वासप्रश्वासका कारण दुई साताअघि उहाँलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। उहाँका पति सत्यमोहन जोशीको भने गत असोज ३० गते १०३ वर्षको उमेरमा साेही अस्पतालमा निधन भएको थियो।

जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त शरीर दानको घोषणा गर्नुभएको थियो उहाँहरूले ८४ वर्षभन्दा लामो समय दाम्पत्य जीवन बिताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button