तपाईँ सुन्दै हुनुहुन्छः

तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित

काठमाडौं । सभामुख देवराज घिमिरेको आहवानमा शुक्रबार बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ ।

दिउँसो १ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको हो । सभामुखले संसदको बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायतका विषयमा सहमति जुटाउन निरन्तर संवाद गरिरहनुभएको छ ।

सभामुखले २०७९ चैत २५ गते सिंहदरवारमा र चैत २८ गते सरकारी निवास बालुवाटारमा छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button