तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीमा भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालिकाको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको लक्ष्मीपुरमा भारतीय नम्बरको मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

युपी ५६ एयु ३६८९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय राजेश चौधरीकी नौ वर्षीया छोरी पिंकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् डीएसपी भोजराज पाण्डेले बताउनुभयो ।

दुर्घटनामा सख्त घाइते भएकी चौधरीलाई उपचारका लागि जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button