तपाईँ सुन्दै हुनुहुन्छः

बिस्केट जात्रामा ढुङ्गा हानाहान हुँदा २३ जना घाइते, १० पक्राऊ

भक्तपुर । आठ दिन नौ रातसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट (बिस्का) जात्राका क्रममा पहिलो दिन मध्यराति भैरवनाथको रथ दत्तात्रयमा पुगेपछि ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भएका छन् ।

भक्तपुर प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक प्रजित केसीले ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भएको जानकारी दिनुभयो । घाइते सबैको उपचार गरी राति नै घर फर्काइएको र कसैको पनि अवस्था जटिल नरहेको बताउनुभयो ।

आज बिहान ४ बजेसम्म ढुङ्गा हानाहान भएको स्थानीयको भनाई छ । ढुङ्गा हानाहान गर्ने दस जनालाई प्रहरीले राति नै पक्राउ गरेको छ । जात्रामा ढुङ्गा हानाहान गर्ने दस जनालाई प्रहरीले राति नै ढुङ्गा हान्दै गर्दा पक्राउ गरेको र सिसी क्यामरा तथा अरू माध्यमबाट थप ढुङ्गा हान्नेहरू पहिचान गरी पक्राउ गरिने प्रहरी उपरीक्षक प्रजित केसीले बताउनुभयो । पक्राउ परेकालाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button