नयाँ वर्षको अवसरमा वीरगंज महानगरपालिकामा रात्रि बजार सञ्चालन गरिने

वीरगंज । नयाँ वर्षको अवसर पारेर वीरगंज महानगरपालिकाको आयोजना तथा निजी क्षेत्रको सहकार्यमा वीरगंजमै पहिलोपटक चैत ३० गते देखि वैशाख २ गतेसम्म रात्रि बजार सञ्चालन हुने भएको छ ।
वीरगंज महानगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी साझै निदाउने गरेको वीरगंजलाई जाग्राम बनाउँदै यहाँको व्यापार व्यवसाय चलायमान बनाउने उद्देश्य स्वरूप परीक्षणका लागि रात्रि बजार सञ्चालन गर्न लागिएको नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।
तीन दिवसीय रात्रि बजारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै रातमा पनि किनमेल गर्न सकिने संस्कृतिको विकास हुने अपेक्षा आफूले लिएको सिंहले बताउनुभयो ।
विषेशगरी आर्थिकमन्दीको कारण व्यापार व्यवसाय धरासयी हुन थालेपछि अर्थतन्त्र चलायमान बनाई वीरगञ्जको व्यापार व्यवसायलाई सुरक्षण गर्ने अभिभारा अनुरूप महानगरपालिकाले ग्रिम सिटी सामुदायिक केन्द्र, नेपाल युवा उद्यमी मञ्च, वीरगञ्ज साइक्लिङ क्लब, फोर जिआर मिडिया मैत्री टेक्नोलोजी, वुमेन क्रियशन लगायतका संघसंस्थाहरुको सहकार्यमा २४ घण्टा चल्ने गरी रात्रिकालीन मेला आयोजना हुन गइरहेको नगर प्रमुख सिंहले बताउनुभयो ।
रात्रिकालीन बजारका लागि राति १० बजे बन्द हुने सिमानाका समेत सो अवधिमा २४ घण्टा खुल्ला रहने हुँदा भारतीय पर्यटकका साथै आन्तरिक पर्यटकलाई समेट आवतजावतमा सहज हुने पत्रकार सम्मेलनमा नगर प्रमुख सिंहले बताउनुभयो ।
रात्रिकालीन बजारले छिमेकी देश भारतबाट आउने पर्यटकको वृद्धि हुने र वीरगञ्जका होटल व्यवसाय तथा अन्य व्यवसायमा समेत सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएको सिंहले बताउनुभयो । रात्रि बजार वीरगञ्जको आदर्शनगर चोकदेखि कैलास चौक हुँदै पुरानो बसपार्क र चिल्ड्रेन पार्कसम्म लाग्ने र बजारमा १ सय भन्दा बढी स्टलहरू रहने सह आयोजक ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष प्रकाश खेतानले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा वीरगञ्ज महानगरपालिकाका उप प्रमुख ईम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, वीरगञ्ज साईक्लीङक क्लबका अध्यक्ष संजय अग्रवाल, नेपाल युवा उद्यमी मञ्चका अनुप अग्रवाल, वुमेन क्रियशनकी अध्यक्ष नुतन सरावगी लगायतको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्