ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
उदयपुर । उदयपुरको गाईघाटमा मालवाहक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काठमाडौँदेखि झापातर्फ जाँदै गरेको मे १ ख २१८४ नं. को ट्रकको ठक्करबाट त्रियुगा नगरपालिका–११ हिमाली टोलबाट आउँदै गरेको प्र.१–०५–००१प६१५९नं. को मोटरसाइकल चालक त्रियुगा नगरपालिका १४ साउने बस्ने बर्ष ४३ को तारणी मगरको मृत्यु भएको हो ।
उदयपुर प्रहरीका अनुसार आज बिहान ट्रकले ठक्कर दिँदा मगर उछिट्टएर सडकमा लड्न पुगेका थिए ।
दुर्घटनामा संलग्न ट्रक र चालक झापा कन्काई नगरपालिका ६ बस्ने २२ को भुपेन्द्र राजवंशीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगिएको छ ।
घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक मोहन थापाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्