तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको सुनुवाई न्यायाधीश बरालको इजलासमा

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई गर्ने भएको छ ।

न्यायाधीश शंकरराज बरालको इजलासमा क्रिकेटर सन्दीप विरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो । 

सन्दीप  विरुद्धको मुद्दामा चैत २२ गते सुनुवाइका लागि पेशी तोकिए पनि समय अभावका कारण सुनुवाई हुन सकेको थिएन । 

यसअघि चैत १३ गते पनि न्यायाधीश माधव घिमिरेको इजलासमा सुनुवाइका लागि पेशीमा चढेपछि सन्दीपका वकिलले सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ रोकिएको थियो । न्यायाधीश घिमिरेले नै कात्तिक १८ गते सन्दिपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । सो आदेशपछि उच्च अदालतले बदर गरेको थियो । 

गत फागुन १५ गते छिटो मार्गबाट सन्दीप विरुद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएपछि सन्दीपविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो । 

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका सन्दीपविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जबरजस्तीकरणी गरेको भन्दै एक किशोरीको जाहेरी परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button