तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपतिद्वारा जानकी मन्दिरमा बिशेष पूजा

जनकपुरधाम । उपराष्ट्रपति रामसहाय यादवले जनकपुरधामको जानकी मन्दिरमा आज विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ ।

उपराष्ट्रपति यादव जानकी मन्दिरमा आइपुग्दा मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव सहितका साधुन्तहरुले स्वागत गर्नुभएको थियो ।

उपराष्ट्रपति यादवलाई उत्तराधिकारी महन्थ रामरोशन दासले मन्दिरका बारेमा संक्षिप्त रुपमा जानकारी गराउनुभएको थियो ।

उपराष्ट्रपति सिरहा जिल्लामा आयोजना हुने कार्यक्रममा सरिक हुन जनकपुरधाम आउनुभएका बेलामा जानकी मन्दिरमा विशेष पूजा गर्नुभएको हो ।

सो अवसरमा प्रदेश प्रमुख हरिशंकर मिश्र, मधेश प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुरिता कुमारी साह, प्रदेशसभाका सदस्य रामअशिष यादव, धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दहाल अन्य सुरक्षा निकायका प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button