तपाईँ सुन्दै हुनुहुन्छः

मल पसलहरूमा राजश्व अनुसन्धान कार्यालयको छापा  

१ सय ९१ बोरा युरिया मलसहित तीन जना पक्राउ

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरस्थित मल पसलहरूमा राजश्व अनुसन्धान कार्यालयले छापा मारेको छ  ।

सो क्रममा राजश्व अनुसन्धान कार्यालय पथलैयाले भन्सार छलीको १ सय ९१ बोरा भारतीय युरिया मलसहित तीन जनालाई पक्राउ गरेको छ । 

भन्सार छलीको मल तस्करी गरिरहेको मोटरसाईललाई पछ्याउँदै राजश्व कार्यालयको टोली लक्की मल बिउँ बिजन भण्डार जीतपुर र पूजा इन्टरप्राइजेज जीतपुरमा छापामारेको राजश्व  अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत तेज नारायण यादवले जानकारी दिनुभयो । 

राजश्व कार्यालयको छापा पर्ने बित्तिकै अन्य मल पसलहरू जीतपुरमा धमाधम बन्द हुन थालेका थिए । आफूहरूको लक्ष्य कम्तीमा पनि भन्सार छलीको एक हजार भारतीय युरिया मल बरामद गर्नुपर्ने भएपनि जनशक्ति अभावमा पुरा गर्न नसकिएको प्रमुख अनुसन्धान अधिकृत यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button