महान्यायधिवक्ताको सय दिन : फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउने

काठमाडौँ । महान्यायधिवक्ता डा.दिनमणी पोखरेलले सरकारी वकिलको कार्यालयहरूमा भएका पीडित मैत्री कक्षलाई साधनस्रोत सम्पन्न बनाउँदै फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउने बताउनुभएको छ ।
महान्यायधिवक्ताको पदवहालीको सय दिन पुगेको अवसरमा महान्यायधिवक्ताको कार्यालयले आज आयोजना गरेको कार्यक्रममा महान्यायधिवक्ता पोखरेलले सरकारी वकिलको कार्यक्षमता अभिवृद्धि गर्दै फौजदारी प्रणालीलाई प्रभावकारी बनाउने बताउनुभयो ।
उहाँले सरकारी वकिलको कार्यालयका पीडित मैत्री कक्षलाई साधनस्रोत सम्पन्न बनाउँदै पीडितले बयान फेर्ने अवस्था आउन नदिन अभियोजनकर्ताले विशेष ध्यान दिने बताउनुभयो ।
महान्यायधिवक्ता पोखरेलले प्रहरीले गर्ने अनुसन्धान र अभियोजनलाई बलियो र प्रभावकारी बनाउन सकिए पीडितले खासमा न्यायको अनुभूत गर्ने बताउनुभयो ।
सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरले महान्यायधिवक्ताको कार्यालयले फौजदारी न्याय प्रणालीलाई प्रवद्र्धन गर्ने महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।
उहाँले सरकारी वकिलको कार्यक्षमता अभिवृद्धि गर्दै अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन सके समग्र न्याय प्रणालीको श्रीवृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।
नेपाल बार एशोसिएसनका उपाध्यक्ष हर्कबहादुर रावलले सरकारी वकिलको सेवा प्रभावकारी हुन सके पीडितले न्यायको अनुभूत गर्ने बताउनुभयो ।
उहाँले आफ्नो ठाउँबाट हरेकले सत्कर्मले काम गर्न सके समग्र न्याय प्रणालीमा सुधार र पीडितले न्यायको अनुभूत गर्ने बताउनुभयो ।
महान्यायाधिवक्ता नायब महान्यायधिवक्ता पद्मप्रसाद पाण्डेले अनुसन्धान, अभियोजन र बहस पैरवीलाई प्रभावकारी बनाउँदै पीडितलाई न्याय दिलाउन सरकारी वकिलले निरन्तर भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्