तपाईँ सुन्दै हुनुहुन्छः

कार्य व्यवस्था परामर्श समितिका सदस्यहरु (नामावलीसहित)

file photo

काठमाडौँ । नयाँ नियमावली पारित भएसँगै प्रतिनिधिसभाको २१ सदस्यीय कार्य व्यवस्था परामर्श समितिमा सांसदहरु मनोनीत हुनुभएको छ ।

कार्य व्यवस्था परामर्श समितिमा मनोनीत हुनुहुने सांसदहरूमा अजय कुमार चौरसिया, अनिता देवी, गङ्गाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ्ग, नागिना यादव, पदम गिरी, प्रदीप यादव, महेश कुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा सो.शी. (चौधरी), लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईँ, हितराज पाण्डे र ज्ञान बहादुर शाही रहनुभएको छ ।

नयाँ नियमावली पारित भएसँगै प्रतिनिधिसभाको २१ सदस्यीय कार्य व्यवस्था परामर्श समितिले पूर्णता पाएको हो । समितिमा नेपाली काँग्रेसबाट ६ जना,  नेकपा एमालेबाट ५ जना र नेकपा माओवादी केन्द्रबाट २ जना सदस्य रहनुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक सांसद कार्य व्यवस्था परामर्श समितिमा सदस्य रहनुभएको छ । ती बाहेक एक सिट भएका दल तथा स्वतन्त्र सांसदको तर्फबाट १ जना सदस्य रहनुभएको छ । 

सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दल र स्वतन्त्र सांसदहरुबीच हिजो बसेको बैठकमा सहमति भए अनुसार कार्य व्यवस्था परामर्श समिति गठन गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button