तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनमा तिन वटै निर्वाचन क्षेत्रमा एमाले चुनाव जित्छ : अध्यक्ष ओली 

बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा एमाले चुनाव जित्ने बताउनुभएको छ ।

बारा जिल्लाको महागढीमाई नगरपालिका बरियापुरमा नेकपा एमाले जिल्ला कमिटीले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले गत निर्वाचनबाट मतका आधारमा देशको सबैभन्दा ठुलो पार्टी एमाले भएको बताउनुहुँदै फेरी पनि जनताले सूर्य चिन्हमा मतदान गरेर देखाउने बताउनुभयो । 

अर्को निर्वाचनमा एमालेले बहुमतको सरकार निर्माण गर्नेमा आफु आसावादी रहेको उल्लेख गर्नुहुँदै उहाँले देशको विकास, समृद्धि, स्थायित्व एमाले पार्टीले नै दिने बताउनुभयो । 

अध्यक्ष ओलीले मधेसमा देखिएको नागरिकताको समस्यालाई पनि एमालेले नै समाधान गर्ने बताउनुभयो । 

बारामा आएको विनाशकारी हावाहुरीबाट उडाएका करिब ८ सय ७९ वटा घर एमाले नेतृत्वको सरकारले नै बनाएको भन्नुहुँदै उहाँले यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाई लगायतको विकासलाई अगाडि बढाउन आफू तदारुकताका साथ लाग्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button