तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर अस्पतालको इन्डोर फार्मेसीको समय विस्तार 

चितवन । भरतपुर अस्पतालले इन्डोर फार्मेसीको समय विस्तार गरेको छ । अस्पताल फार्मेसी अन्तर्गत इन्डोर फार्मेसीको समय बिहान ७ देखि साँझ ७ बजेसम्म विस्तार गरिएको हो । यसअघि इन्डोर फार्मेसी बिहान ९ देखि ४ बजेसम्म मात्र सञ्चालन हुँदै आएको थियो ।  

बिरामीको चाप र सहजताका लागि फार्मेसीको समय विस्तार गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । भरतपुर अस्पतालमा हाल पाँच स्थानबाट फार्मेसी सञ्चालनमा छन् ।  जसअनुसार यहाँ स्वास्थ्य बीमा फार्मेसी, ओपिडी, इमरजेन्सी (२४ सैँ घण्टा खुला) निःशुल्क औषधि र इन्डोर फार्मेसी छन् ।  

सरकारले अस्पताल फार्मेसी सेवा निर्देशिका जारी गरेसँगै भरतपुर अस्पतालले पनि २०७४ सालदेखि आफ्नै फार्मेसी सञ्चालन गरिरहेको छ। अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ अनुसार अस्पतालहरूले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने व्यवस्था छ ।

१४ जना फर्मासिस्टबाट सुरु गरिएको फार्मेसीमा हाल २४ जना जनशक्ति छन् । बिरामीको चाप र माग अनुसार उक्त जनशक्ति पर्याप्त नभएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button