तपाईँ सुन्दै हुनुहुन्छः

कृषि क्षेत्रमा देखिएका जटिलता हटाउन पहल भइरहेको छ : मन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले अर्थतन्त्रको मेरुदण्ड रहेको कृषि क्षेत्रमा देखिएका जटिलता हटाउन पहल गरिरहेको बताउनु भएको छ । 

राष्ट्रिय सभाको आजको बैठकमा समय माग गरी मन्त्री भुसालले किसानलाई समयमा नै मल, बिउ उपलब्ध गराउन, बाझो जमिनलाई पुनः खेतीयोग्य बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । 

मन्त्री भुसालले कृषि उत्पादनलाई बजारसँग जोड्न तथा कृषिलाई प्रविधिमैत्री र औद्योगीकरण गर्न देखिएका जटिलताहरू हटाउन आफूले  उपयुक्त योजना बनाएर अघि बढ्ने धारणा राख्नुभयो ।

मन्त्री भुसालले कृषि क्षेत्रको समग्र समस्या समाधानका लागि सांसदहरूको सुझाव लिएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button