सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले मुलुकको आर्थिक सामाजिक र सांस्कृतिक सबलताका लागि सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नुपर्ने बताउनुभएको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रथम राष्ट्रिय सम्मेलनलाई आज काठमाडौँमा सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले शिक्षाले मुलुकको भविष्य निर्धारण गर्ने भएकोले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्नुपर्ने धारणा राख्नुभयो ।
सभामुख घिमिरेले आधारभूत शिक्षा निःशुल्क र सर्वसुलभ भए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
सभामुख घिमिरेले सङ्घीय शिक्षा ऐन आउन बाँकी रहे पनि भएका कानूनको समेत प्रभावकारी कार्यान्वयन नभएको उल्लेख गर्नुभयो ।
सभामुख घिमिरेले सार्वजनिक विद्यालयको गुणस्तर कम हुँदा सर्वसाधारणले खर्च कटाएर भए पनि निजी विद्यालयमा छोराछोरी भर्ना गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
‘हामी सुधार गर्दछौँ, हाम्रो विद्यालय’ नाराका साथ सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनमा देशभरका ७ सय ५३ वटै स्थानीय तहका विद्यालय व्यवस्थापन समितिको प्रतिनिधित्व रहेको छ ।
।








प्रतिक्रिया राख्नुहोस्