तपाईँ सुन्दै हुनुहुन्छः

दलहरुबीच सहकार्य र हार्दिकता आवश्यक : महामन्त्री शर्मा

चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूबीच सहकार्य र हार्दिकताको आवश्यकता रहेको बताउनुभएको छ ।

गठबन्धनको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन आज चितवन आउनुभएका शर्माले यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै दलहरू बीच द्वन्द्व हुन नहुने बताउनुभयो । नागरिकहरूलाई अवसरको सिर्जना राजनीतिको विषय बन्नुपर्ने उहाँको भनाइ छ ।

फरक प्रसङ्गमा उहाँले पार्टीभित्र असन्तुष्टि राख्नेलाई घर फर्कन आग्रह गर्नुभयो । पार्टीभित्रका असन्तुष्टिलाई समाधान गर्नका लागि आन्तरिक छलफल गर्न सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button