तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न आन्तरिक प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण

काठमाडौँ । रेडियो नेपालले आफ्नो ७३ औँ वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न आन्तरिक प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । 

वार्षिकोत्सवको अवसरमा रेडियो नेपालले हाजिरीजवाफ प्रतियोगिता, कविता प्रतियोगिता, हाँडी फुटाउने खेल र म्युजिकल चियर खेलको आयोजना गरेको थियो ।

कविता प्रतियोगितामा तारा वस्ती प्रथम, सन्तोष पौडेल द्वितीय र निर्मला कुँवर तृतीय हुनुभएको थियो ।

त्यस्तै हाजिरीजवाफ प्रतियोगितामा समाचार महाशाखा प्रथम, आर्थिक महाशाखा द्वितीय, प्रशासन महाशाखा तृतीय भएको थियो ।

हाँडी फुटाउने खेलमा लेखा शाखामा कार्यरत मनोजसिंह भण्डारी प्रथम हुनुभएको थियो भने, म्युजिकल चियरतर्फ प्रशासन शाखामा कार्यरत सविता खनाल विजयी हुनुभएको थियो । 

विजयी सबैलाई मन्त्री रेखा शर्माले प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभएको थियो । 

रेडियो नेपालले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष विभिन्न खेलकुदहरूको आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button