उत्कृष्ट कर्मचारी, कार्यालय र स्थानीय सम्वाददातालाई नगद तथा प्रमाणपत्रद्वारा सम्मान

काठमाडौँ । रेडियो नेपालले आफ्नो ७३ औँ वार्षिकोत्सवको अवसरमा रेडियो नेपालमा रहेर उत्कृष्ट कार्य गर्ने विभिन्न सेवाका कर्मचारीलाई नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरेको छ ।
यो वर्षको उत्कृष्ट कर्मचारीद्वारा सम्मानित हुनेमा इन्जिनियर महाशाखा सिंहदरबारमा कार्यरत उपनिर्देशक पुरुषोत्तम मानन्धर, प्रशासन महाशाखामा कार्यरत मुख्य प्रशासकीय अधिकृत इन्द्रजीत थापा, प्रादेशिक प्रसारण कार्यालय धनकुटाकी सम्पादक सुखकला राई र सिंहदरबारमा कार्यरत का.स. शिवजी खड्का हुनुहुन्छ ।

यस्तै यो वर्षको उत्कृष्ट कार्यालयका रुपमा प्रादेशिक प्रसारण कार्यालय धनकुटालाई पुरस्कृत गरिएको छ भने उत्कृष्ट स्थानीय सम्वाददाताका रुपमा रुकुम पश्चिमका मेगराज खड्कालाई नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिएको छ ।












प्रतिक्रिया राख्नुहोस्