नेकपा एसको संसदीय दलको प्रमुख सचेतकमा मेटमणि चौधरी

काठमाडौँ । नेकपा एकीकृत समाजवादी संसदीय दलको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन हुनुभएको छ ।
संसदीय दलको आज बसेको बैठकले दाङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो ।
सांसद चौधरी पूर्व सहरी विकास मन्त्री समेत हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्