जीप दुर्घटना १ को मृत्यु

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ को तिलकपुर स्थित भिटामा गणमेश्वरबाट देहिमाण्डौतर्फ आइरहेको से १ ज २९५ नं को जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जिपमा सवार १३ जना घाइते भएको पञ्चेश्वर ६ का वडाअध्यक्ष राम पुजाराले बताउनुभयो । घटनाको थप विवरण आउन बाकी छ ।







प्रतिक्रिया राख्नुहोस्