तपाईँ सुन्दै हुनुहुन्छः

नागरिक उन्मुक्तिले अन्य दललाई समर्थन नगर्ने

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीन वटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ ।  

सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो । 

सो पार्टीका नेता लक्ष्मण थारुका अनुसार बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ– १ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको र आज सोमवार सम्बन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गरिनेछ । 

आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button