एलपी ग्याँस ट्याङ्कर पल्टिँदा एकजनाको मृत्यु अर्का गम्भीर घाइते
चितवन । चितवनमा एलपी ग्याँस ट्याङ्कर पल्टिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको हालसम्म परिचय खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६ बजे ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित लेवाटारमा मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको UP70DT6055 नम्बरको इन्डियन गाडी आफैँ अनियन्त्रित हुँदा घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइतेको ट्रमा सेन्टर , कुरिनटारमा उपचार हुन नसकी थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्