तपाईँ सुन्दै हुनुहुन्छः

मधेशी लोक राजमार्गको निर्माण यसै आर्थिक वर्षमा : मन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशको गौरवको योजनाको रुपमा रहेको मधेशी सहिद लोक राजमार्गको निर्माण यसै आर्थिक वर्षमा शुरु हुने बताउनुभएको छ ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले ३१०.८६ किलोमिटरको राजमार्ग दुई लेनको हुने बताउँदै त्यसका लागि विस्तृत सर्भे डिजाइनको टेण्डर गरिन लागेको जानकारी दिनुभयो ।

उहाँले विस्तृत सर्भे डिजाइनका लागि मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २ करोड ७५ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । मधेशी सहिद लोक राजमार्ग हुलाकी सडक तथा पूर्व पश्चिम लोक राजमार्गको बिचबाट हुने र यसबाट मधेश प्रदेशको कुनै पनि बस्ती राजमार्गको पहुँचबाट बाहिर नहुने मन्त्री यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button