काँग्रेसले बारा क्षेत्र न.२ मा उपेन्द्र यादवलाई सघाउने
काठमाडौँ । नेपाली काँग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई सहयोग गर्ने भएको छ ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा सहयोग गर्ने निर्णय गरेको सह महामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।
यस्तै, काँग्रेसले बारा, तनहुँ र चितवनका नेता कार्यकर्तालाई गरेको अनुशासनको कारबाही फिर्ता लिएको छ ।
सहमहामन्त्री पाण्डेले वैशाखमा सम्पन्न निर्वाचन बाहेक त्यसअघिका चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, प्रस्तावक र समर्थक बस्ने सबैको कारबाही फुकुवा गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।
सहमहामन्त्री पाण्डेले स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारविरुद्ध उम्मेदवारी दिने साथै तिनका प्रस्तावक र समर्थक बस्नेलाई भने वैशाख १० गतेको उपनिर्वाचनमा खेल्ने भूमिकाको आधारमा निर्णय लिइने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्