तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेस संसदीय दलमा बैठक सुरु

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी छलफल गर्न नेपाली कांग्रेस संसदीय दलमा बैठक सुरु भएको छ । 

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सङ्क्रमणकालीन न्याय–टिआरसी विधेयक सम्बन्धी बैठकमा छलफल सुरु भएको हो । 

छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पूर्व सदस्य डा.गंगाधर अधिकारी, संवैधानिक कानून व्यवसायी मञ्च नेपालका पूर्व अध्यक्ष राजु चापागाईँ, सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व अध्यक्ष गणेश दत्त भट्ट, संविधान सभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी र पूर्व मन्त्री एवं संविधान सभा सदस्य मिनेन्द्र प्रसाद रिजालले नेपाली कांग्रेसका सांसदहरूलाई प्रशिक्षण दिइरहनुभएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका हालसम्म भएका र अब गर्नुपर्ने काम, ऐन माथि संशोधनको आवश्यकता र अन्तर्राष्ट्रिय  कानूनी सन्दर्भ, सत्य निरुपण तथा मेलमिलाप आयोगले गरेका काम र अबको बाटो र कानून अन्तर्राष्ट्रिय चासो र संसदमा प्रस्तुत संशोधन विधेयकको आवश्यकताका विषयमा छलफल भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button