तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर दुर्घटना हुँदा धनुषामा चालकको मृत्यु  

जनकपुरधाम । धनुषामा आज भएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं ३ का वर्ष २९ विष्णु बहादुर फुयाँल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

फुयाँलले आफैले चलाएको ज १ च ३४३७ नंं. ट्याक्टर लिएर बटेश्वर गाउँपालिका ५ शान्तिपुर जाने क्रममा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित एभरेष्ट पेपर मिल नजिक दुर्घटना हुँदा उनको मृत्यु भएको हो । 

अत्यधिक गतिका कारणले ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button