तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर गोल्डकप : गोर्खा क्वाइज रुपन्देही सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत आज भएको तेस्रो क्वाटर फाइनल खेलमा ट्राई बेकरमा रुपन्देहीले खोटाङको टिमलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । 

सदरमुकामको स्थानीय टुँडिखेलमा सञ्चालन भएको निर्धारित खेलमा गत वर्षको विजेता गोर्खा क्वाइज रुपन्देही र भगवती स्पोर्टस क्लब खोटाङ दुवै तर्फबाट गोल हुन नसकेपछि खेल ट्राई बेकरमा खेलाइएको थियो । 

गत बर्ष भारतको टिमलाई रुपन्देहीले ५ गोल गर्दे विजेता बनेको थियो । 

खेल बराबरी भएपछि समय थप नगरी खेलाइएको खेलमा गोर्खा क्वाइज रुपन्देहीका तर्फबाट निशान न्यौपाने, विकास थुलुङ, सन्तोष, टम्पी र फोफनाले ५ गोल गरेका थिए । भगवती स्पोर्टस क्लब खोटाङका तर्फबाट भने अवदुल्ला, सविन राई, एलेक्स र शरद राईले ४ गोल मात्र गरेका थिए । 

सोमवार हुने अन्तिम क्वाटर फाइनल खेल एभिनिर क्यामरुन र बसाहा यूथ क्लब उदयपुरका बिचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले बताउनुभयो ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button