तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेल गोरखा भ्रमणमा

गोरखा । राष्ट्रपति रामचन्द्र पौडेल  गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली र गोरखनाथ दर्शन गर्न आज गोरखा आइपुग्नुभएको छ । 

नेपाली सेनाको हेलिकप्टरबाट गोरखा आउनुभएका राष्ट्रपति पौडेलले कालिका मन्दिर र गोरखनाथ मन्दिरमा पुजा गर्नुभयो । 

राष्ट्रपति पौडेलले गोरखा सङ्ग्रहालय परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण समेत गर्नुभएको छ । 

राष्ट्रपति पौडेललाई  गोरखाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनैतिक दलकाहरु प्रमुखहरू र सर्वसाधारण नागरिकगहरुले स्वागत गरेका थिए ।  राष्ट्रपति पौडेल आजै काठमाडौँ फिर्ता हुनुहुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button