तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सरकारले पाँच जना क्रिकेट खेलाडीलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले पाँच जना क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने भएको छ । 

नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनौट गराउँदै ऐतिहासिक सफलता दिलाउने नेपाली क्रिकेट टोलीलाई बधाई तथा विशेष धन्यवाद दिँदै सुदूरपश्चिम प्रदेशबाट टोलीका प्रमुख खेलाडी दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई जनही रु.२ लाख, टिममा परेका खेलाडी सन्दीप जोरालाई रु. १ लाख र अन्तिम १८ मा पर्न सफल कमल सिंह ऐरी र अर्जुन साउँदलाई जनही रु. ५० हजार गरी रु. ६ लाख रकम प्रोत्साहन स्वरूप पुरस्कार दिने घोषणा गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button