सामाजिक सुरक्षा सम्बन्धि कार्यक्रम र सन्देश प्रसारण गर्ने सम्झौता

काठमाडौँ । रेडियो नेपाल र सामाजिक सुरक्षा कोषबीच रेडियो नेपालबाट सामाजिक सुरक्षा सम्बन्धि कार्यक्रम र सन्देश प्रसारण गर्ने सम्झौता भएको छ।
सम्झौता अनुसार रेडियो नेपालबाट हरेक मङ्गलवार बिहान ७ः४० देखि ७ः५५ बजेसम्म श्रमिकको सामाजिक सुरक्षा र श्रमिकका विषयलाई समेटेर कार्यक्रम प्रसारण गरिनेछ।
सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले हस्ताक्षर गर्नुभयो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित हस्ताक्षर कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सामाजिक सुरक्षा कोषले श्रमिकलाई प्रदान गर्ने सुविधाका बारेमा सम्बन्धित तथा आम नागरिक सम्म जानकारी पुर्याउन आवश्यक भएको बताउनुभयो।
सचिव अर्यालले सरकारले श्रमिकलाई प्रदान गर्ने सम्पुर्ण सेवा सुविधाका बारेमा पनि सरोकारवाला समक्ष जानकारी पुर्याउन आवश्यक भएको बताउनुभयो।
सो अवसरमा मन्त्रालयका सहसचिव उत्तर कुमार खत्री, डण्डुराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्