राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रवेश कटुवाललाई राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त गरेको छ ।
एन्फाले आज कटुवाललाई राष्ट्रिय टिमको सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
गत कात्तिकमा घरेलु मैदानमा भएको पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा कटुवाल टिमको मुख्य प्रशिक्षक रहनुभएको थियो ।

यस्तै एन्फाले विनोद डङ्गोललाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको छ । नेपाली राष्ट्रिय फुटबल टिमले यसै महिना प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिता खेल्दै छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुनेछ ।
प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहने छ ।








प्रतिक्रिया राख्नुहोस्